ग्यास पड्किँदा आमाछोरा घाइते

  • ख-
  • ख+

ग्यास पड्किँदा आज चितवन जिल्ला भरतपुर महानगरपालिका– १० स्यालीबजारमा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उहाँका १६ वर्षीय छोरा आयुष आचार्य छन् ।

घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उहाँका अनुसार आगलागीबाट ग्यास सिलिन्डर दुई थान, फ्रिज एक थान, चुलो एक थान, भाँडावर्तन र भान्सा कोठामा प्रयोग गरिएको जिप्सनमा क्षति पुगेको छ ।

खाना बनाउने क्रममा ग्यास पड्किएपछि घरमा आगलागी भएको छ । आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । (रासस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?