तनहूँ । १४ जना पोखराका अस्पतालहरुमा उपचाररतसहित गण्डकी प्रदेशका थप १६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६६१ पुगेको छ ।
मृतकहरु कास्की जिल्लाका ८ जना, तनहूँ जिल्लाका ४ जना, मुस्ताङ जिल्लाका १ जना, बाग्लुङ जिल्लाका १ जना, पर्वत जिल्लाको १ जना र लमजुङ जिल्लाको १ जनाको रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
तनहूँका मृत्यु हुनेहरुमा नगरपालिका आँबु खैरनी गाउँपालिकाकी महिला , भिमाद नगरपालिकाका पुरुष, शुक्ला गण्डकी नगरपालिकाका पुरुष र व्यास नगरपालिकाका पनि पुरुष रहनुभएको छ ।
बाग्लुङका ११५ जना, गोरखाका १०४ जना, लमजुङका ८९ जना, नवलपुरका ८५ जना , कास्कीका ७४ जना, पर्वतका ३४ जना, तनहूँका १७ जना, म्याग्दीका १५ जना, स्याङ्जाका ७ जना गरी प्रदेशका ९ जिल्लामा ३०० पुरुष तथा २४० जना महिलामा कोरोना पुष्टि भएको हो ।
मृत्यु हुनेको विवरणः










