अन्दाजी ३५ वर्षीय युवक मृत अवस्थामा फेला

  • ख-
  • ख+

पोखरामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

चितवन घर भई पोखरा महानगरपालिका वडा नंं. २३ कार्कीको तगारोमा डेरा गरी बस्ने अन्दाजी ३४/ ३५ वर्षीय श्री बि. क. बाम्दी हर्पन खोलाको किनारमा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय ले जनाएको छ ।

बि. क.को शव सोमबार बिहान करिब सवा १० बजे खोलाको किनारमा फेला परेको प्रहरी उपरीक्षक बिनोद सिलवालले जानकारी दिनुभयो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (पोखरा न्युज)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?