तनहूँका ४ जना कोरोना संक्रमितको पोखरामा मृत्यु

  • ख-
  • ख+

तनहूँ । कोराना संक्रमणबाट आज तनहूँका ४ जनाको मृत्यु भएको छ । उहाँहरुमा शुक्ला गण्डकी नगरपालिका वडा नं. ८ की ३५ बर्षिय महिला, शुक्ला गण्डकी नगरपालिका वडा नं. ८ का ६५ बर्षिय पुरुष, त्यसैगरि शुक्ला गण्डकी नगरपालिका वडा नं. ९ का ३२ बर्षिय पुरुष,र व्यास नगरपालिका वडा नं. ७ की ४९ बर्षिय महिलाको मृत्यु भएको हो ।
त्यस्तै तनहूँ जिल्लाका ४ जनासहित गण्डकी प्रदेशका थप १७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६७८ पुगेको छ ।

मृतकहरु कास्की जिल्लाका ४ जना, तनहूँ जिल्लाका ४ जना, स्याङ्जा जिल्लाका २ जना, बाग्लुङ जिल्लाका २ जना, म्याग्दी जिल्लाको १ जना, लमजुङ जिल्लाको १ जना र नवलपुर जिल्लाको ३ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?