पत्रकार दिवाकर भण्डारीको श्रीमतीको उपचारको लागि सहयोग संकलन हुने क्रम जारी

  • ख-
  • ख+

तनहूँ । दुवै खुट्टा भाँचिएर उपचाररत पत्रकार महासंघ तनहूँका सदस्य दिवाकर भण्डारीकी पत्नी एवं सञ्चारकर्मी सुनिता डोटेल भण्डारीको उपचारको लागि वेदव्यास मल्टिमिडिया प्रालिद्वारा सञ्चालित दमौली न्युज डट कमले दुर्घटनामा उपचारका लागि ८ हजार रुपैयाँ सहयोग गरेको छ ।
दमौली न्युज डट कमका सदस्यबाट संकलित रकम नेपाल प्रेस युनियन तनहूँका सल्लाहकारसमेत रहेका सम्पादक पवन पौडेलले पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेल र नेपाल प्रेस युनियन तनहूँका अध्यक्ष अमरराज नहर्कीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । सहयोग ग्रहण गर्दै पत्रकार महासंघ तनहूँ शाखाका अध्यक्ष उज्वल पौडेल र युनियन अध्यक्ष अम्मर राज नहर्कीले सहयोगप्रति आभार प्रकट गर्दै आफूहरुले पनि संस्थागत रुपमा सहयोग संकलन जारी राखेको बताउनुभयो ।
सम्पादक पौडेलले एक जनालाई पर्दा अर्कोले सघाउने संस्कृति विकास भए भावी दिनमा जोकोहीलाई अप्ठेरो पर्दा पनि यसैगरी रकम संकलन गरेर घाउमा मलम लगाउन सकिने बताउनुभयो ।
पत्रकार दिवाकर भण्डारीको जीवन सङ्गिनी सुनिता डोटेल उपचारको लागि महिला सशक्तीकरण सञ्चार समाज तनहूँले पनि ५ हजार ५ सय ५५ (पाँच हजार पाँच सय पच्पन्न ) रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्ज्वल पौडेललाई संस्था कि अध्यक्ष प्रकृति खनाले हस्तान्तरण गर्नुभएको हो ।
डोटेलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै संस्थावाट केही आर्थिक सहयोग गर्ने मनसायले र पत्रकारितामा सुनिताको उच्च योगदान समेत रहेको भन्दै संस्था कि अध्यक्ष खनालले उक्त सहयोग रकम हस्तान्तरण गरेको जानकारी दिनुभयो । यसैगरी निवर्तमान सांसद कलिला खानले समेत ५ हजार सहयोग गर्नु गर्नुभएको छ । उहाँले पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेललाई उनले रकम हस्तान्तरण गर्नुभएको हो ।
पत्रकार दिवाकर भण्डारीको जीवन सङ्गिनी सुनिता डोटेल घरको छतबाट खसेर घाईते भई हाल काठमाडौ स्थित बि एण्ड बि अस्पतालमा उपचार भैरहेको छ । उपचारमा आर्थिक सहयोग गर्न पत्रकार महासंघले आब्हान गरेको थियो । हाल सम्म ३५ हजार रुपयाँ संकलन भएको महासंघ तनहूँ शाखाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?