ज्ञानेन्द्र शाहीको संस्था हाम्रो नेपाल हामी नेपाली अभियानबाट तनहूँमा राहत बितरण

  • ख-
  • ख+

तनहूँ । भ्रष्टाचार बिरुद्धको महा अभियान भन्ने मुल नाराको साथ उदाएको हाम्रो नेपाल हामी नेपाली अभियान तनहूँ जिल्ला समन्वय समितिले तनहूँ जिल्ला भिमाद नगरपालिकाको बिभिन्न ठाउमा दलित , बिपन्न परिवार र अति समस्यामा रहेका परिवार हरुलाई राहत बितरण गर्दै आएको छ। कोभिड १९ को नयाँ थरिका भाइरसले एकातिर नागरिक रोगले अर्कोतिर भोकले तड्पिरहेको अवस्थामा तनहूँ जिल्लाका श्रमिक ज्याला मजदुरहरुलाई छाक टार्न गार्ह्रो भएको जानकारी आएपछि तुरुन्तै सहयोग गर्न पुगेको हो।

अभियानले भिमाद नगरपालिका वडा नं ५ का ६० बर्षिय एकल महिला मंगली श्रेष्ठ , ६० बर्षिय क्यान्सर पिडित सुकुमाया परियार, ६१ बर्षिय दृस्टी समस्या भएको सुकुमाया नेपाली र ६६ बर्षिय बिपन्न परिवार थमन सिं परियारलाई राहत प्रदान गरेको छ। राहतमा नुन, तेल, चामल र तरकारी वितरण गरेको थियो । केहि दिन अगाडि उक्त समुहले म्याग्दे गाउपालिका वडा नं. ५ छाङ्पाटनका ३ जना र वडा नं ३ जलौदिका १ पिडितलाई एकै दिन राहत बितरण गरेको थियो। अभियानका जिल्ला संयोजक बिष्णु भक्त खनाल नेत्तृत्वको टिम पिडितहरुको घरमै गएर राहत प्रदान गरेको थियो। अभियानका केन्द्रीय संयोजक ज्ञानेन्द्र शाही हुनुहुन्छ। उहाँ तनहूँको बिभिन्न कार्यालयमा आएर अनुगमन गर्दै भ्रष्टाचार अन्त्यको अभियानमा निरन्तर खटिनुभएको थियो ।

यसैगरी कोरोना भाइरसको माहामारिले निम्त्याएको समस्यामा आफ्नो सहयोग बाट छाक टार्न गाह्रो भएका पिडित लाई केहि राहत होस भनि अमेरिकाबाट डा. ज्ञानेन्द्र बोहरा र गौतम थामे ज्युले संयुक्त रुपमा २६ हजार रुपैयाँ सहयोग गर्नु भएको थियो साथै श्रोता मोटर पार्ट्स भिमादका संचालक प्रेम कुमार श्रेष्ठले आफ्नो छोरि श्रोता श्रेष्ठको जन्मदिनको अबसरमा पिडित लाई राहत होस भनि २ हजार रुपैया सहयोग गर्नु भएको थियो।

संस्थाले आफ्नो संस्थाको माध्यमबाट सहयोग गर्न चहानुहुने महानुभावहरुले एन.आइ. सि. एसिया बैँकको खाता नंः १०७५७५१२७०७३१००१० मा सहयोग पठाउन पनि अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?