सेती नदी किनारमा भेटियो महिलाको शव

  • ख-
  • ख+

तनहूँ जिल्लाको सेति नदि किनारमा एक महिला मृत भेटिएकी छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेको प्रहरीले जनाएको छ।

उनी तनहूँ शुक्लागण्डकी–२, चुङ्गेडाँडामा बस्दै आएकी थिइन्।

हलेदीस्थित सेती नदीको किनारमा मंगलबार ती महिला मृत फेला परेकी हुन्।

हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए।

(रासस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?