पर्खाल भत्किँदा २ जनाको मृत्यु, २ जना घाइते

  • ख-
  • ख+

काठमाण्डौ । काठमाण्डौको चन्द्रागिरि नगरपालिका वडा नं. १३ स्थित पुरानो नैकाप कंकालीमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरको बेलुवा वडा नं. ८ की ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिका वडा नं. ९ का २० वर्षीय टेकबहादुर चेपाङ रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जानकारी दिनुभयो ।

प्लटिङको जमिनमा ढुंगाको पर्खाल लगाउने क्रमममा बुधबार बिहान एक्कासी उहाँहरुमाथि पर्खाल खसेको प्रहरीले जनाएको छ । माथिबाट खसेको पर्खालले थिचेर उदयपुरको कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङको गल्छी गाउँपालिका वडा नं. २ का १८ वर्षीय हरि घले घाइते हुनुभएको छ ।उहाँहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?