तनहूँ / भिमाद नगरपालिका वडा नं. २ का ४९ बर्षिय पुरुष र व्यास नगरपालिका वडा नं. ४ का ६३ बर्षिय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएसगै पछिल्लो २४ घण्टामा तनहूँमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २ जना भएको छ । भिमाद नगरपालिका वडा नं. २ का ४९ बर्षिय पुरुषको गण्डकी मेडिकल कलेज पोखरा र व्यास नगरपालिका वडा नं. ४ का ६३ बर्षिय पुरुषको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
पोखराका अस्पतालहरुमा उपचाररत तनहूँका १ जना र अन्य जिल्लाका ४ जनासहित गण्डकी प्रदेशका थप १३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७ सय ७ पुगेको छ ।
मृतकहरु कास्की जिल्लाका ४ जना, स्याङ्जा जिल्लाका ३ जना, तनहुँ जिल्लाका २ जना, लमजुङ जिल्लाका २ जना र गोरखा जिल्लाका जिल्लाका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।









