राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेज गरिएको छ । पार्टी निर्णय विपरित गएको भन्दै उहाँको सांसद पद खारेज गरिएको हो ।
सांसद थापाको पद खारेज गर्न पार्टी महासचिव मनोज भट्टले संसद सचिवालयलाई पत्र पठाउनुभएको थियो । संसद सचिवालयले उहाँको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ ।
उहाँलाई पार्टी विपरीत काम गरेको भन्दै १ वर्षका लागि साधारण सभाबाट निस्कासित गर्नुका साथै केन्द्रीय कमिटिबाट हटाएर, संसदीय दलको नेताबाट पनि अपदस्त गरिएको छ ।
गण्डकी प्रदेश सभामा सरकार गठनमा निर्णायक राष्ट्रिय जनमोर्चा अहिले आफैं विभाजित भएको थियो। सांसद कृष्ण थापा मुख्यमन्त्री गुरुङकै पक्षमा उभिउनुभएको थियो भने २ सांसद विरुद्धमा ।
तर सांसद थापाले भने यसअघि नै आफू अदालत जान सक्ने संकेत गरिसक्नुभएको छ । संसदको बजेट अधिवेशनमा बोल्दै उनले आफू अदालत जान सक्ने बताउनुभएको थियो । थापाले पार्टी महासचिव मनोज भट्ट अहिले अप्ठेरोमा परेको बताउनुका साथै गण्डकी सरकार फेर्न काठमाडौंबाट पोखरा आएर निकै महंगो महलमा बसेर कांग्रेस सरकार बनाए सधैं त्यही महलमा बस्ने सपना देखेको र पूरा नहुने देखेपछि अप्ठेरोमा परेको थापाले बताउनुभएको छ ।








