अमेरिकाबाट लोकगायक महतद्वारा पत्रकार कल्याणकारी कोषमा २५,५५५रुपैयाँ सहयोग

  • ख-
  • ख+

अमेरीकाका लागि अवैतनिक महावाणिज्यदुत प्रेमराजा महतले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको पत्रकार कल्याणकारी कोषमा रकम सहयोग गर्नुभएको छ । तनहूँकै शुक्ला गण्डकी नगरपालिका वडा नं. ८ ढोरफिर्दी घर भई हाल अमेरिकाको वाल्टीमोरमा बस्दै आउनुभएका महतले कोषका लागि २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्लेको पहलमा उहाँले सहयोग रकम हस्तान्तरण गर्नुभएको छ। महतले जिल्लामा रहेका संचारकर्मीहरुले गरेको पुण्य काममा आफ्नो सदैव सहयोग रहने बताउनुभयो । उहाँले जिल्लाको संचार क्षेत्रको विकासमा विगतमा पनि सहयोग गरेको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्वता समेत जनाउनुभएको छ ।
२०३४ सालदेखि लोकगायन क्षेत्रमा सक्रिय महतले ‘सिमसमे पानीमा ज्यानले बेइमान गर्छ की जिन्दगानीमा,सालैको पातैले दिए खान्थे मायाको दाहिने हातैले ’, ‘पानको पात माया तिमिलाई सम्झछु दिनको रात मरस्याङदी सलल’,बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा” जस्ता गित सहित करिब एक हजारको हाराहारीमा लोक गितहरुमा स्वर दिईसक्नुभएको छ ।
अहिले महतले अमेरीकाको बाल्टीमोरमा ‘नेपाली हाउस’ होटल संचालन गर्दै आउनुभएको छ । महतले नेपालका बिभिन्न समाजिक संघ संस्थाका अलवा अमेरीकामा नेपाली समाज तथा मठ मन्दिरमा समेत सहयोग गर्दै आउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?