तनहूँका ल्यावहरु प्रशासनद्धारा बन्दः व्यासले ल्यायो संचालन अनुमति

  • ख-
  • ख+

तनहूँ । कोरोना महामारीको बेलामा सर्वसाधारणलाई उचित, सर्वसुलभ मुल्यमा सेवा प्रदान गर्नुपर्नेमा मनपर्दी किसिमबाट संचालन गरिएका स्वास्थ्य ल्यावहरु बन्द गरिएका छन् । तनहूँमा संचालित ४ वटा मध्ये ३ वटा ल्यावहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय तनहूँले बताएको छ । दर्ता नभएका र उद्देश्य विपरित सञ्चालन भएका ३ वटा ल्याव प्रशासनले बन्द गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार अनुगमन गर्दा ल्यावहरुले आफ्नो मापदण्ड पुरा नगरेको हुनाले बन्द गरिएको हो । बन्द भएका ल्याबलाई प्रदेशबाट अनुमति लिएर आउन आग्रह गरिए पश्चात शुरेस तिमल्सेनाद्धारा संचालित व्यास डायग्नोष्टिक प्रा.लि. व्यास ३ ले मात्रै अनुमति ल्याएपछि उक्त ल्याबलाई सञ्चालनको अनुमति प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।
दमौली बजारको गणेशमान चोकमा संचालित दमौली प्याथ ल्याव, दमौली र दुलैगौडामा संचालित युआरलाई पनि जनस्वास्थ्य प्रयोगशालाबाट अनुमतिपत्र ल्याएपछि मात्रै सञ्चालन गर्न दिने सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो । विविध कारणले अनुमति पत्र नविकरण तथा दर्ता हुन नसकेका उक्त ल्यावहरु अनुमतिपत्र लिने प्रक्रियामा गईसकेको र सिघ्र संचालन हुने उक्त ल्यावका संचालकह्रको दावि छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?