तनहूँ । म्याग्दे गाँउपालिका वडा नं. ३ धयरे घर हाल व्यास–२ दमौलीमा व्यवसाय गर्नुभएका रमेश घिमिरे नेपाल पत्रकार महासंघ तनहुँ शाखाको पत्रकार कल्याणकारी कोषमा रकम सहयोग गर्नुभएको छ ।
घिमिरेले कोषका लागि ५ हजार १ सय रुपयाँ सहयोग गर्नु भएको हो । नेपाल पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष एंव सल्लाहकार डम्बर बहादुर अधिकारीलाई उहाँले सहयोग रकम शनिबार हस्तान्तरण गर्नुभएको हो ।
व्यास–२ सफासडकमा पुष्पाञ्जली किराना पसल संचालक घिमिरले आफ्नो जन्म दिनको अवसर पारेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । जिल्लाको संचार क्षेत्रको विकासमा खर्च हुने कोषका लागि आफुले सहयोग गरेको बताउनुभयो । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको अभियानमा सहयोग गर्नुभएकोमा पुर्व अध्यक्ष अधिकारीले उहाँलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको १२ औं साधारणसभाबाट पारित भएको १२ बुँदे घोषणापत्रमा पत्रकार कल्याणकारी कोष स्थापनाका लागि जिल्लास्थित सम्पूर्ण स्थानीय तह, सरकारी, निजी तथा नागरिक संघसंगठनहरुसँग सहयोगका लागि अपिल गर्ने प्रस्ताव पारित गरेको थियो । १२ औँ साधारणसभाबाट पारित प्रस्ताव अनुसार नेपाल पत्रकार महासंघ तनहुँ शाखाको कार्य समितिको बैठकले निर्णय गरेर कल्याणकारी कोष संकलन अभियान सुरु गरेको महासंघ तनहूँ शाखाले जनाएको छ ।








