तनहूँका ३० सहित गण्डकी प्रदेशमा थप ५६६ जनामा कोरोना पुष्टि

  • ख-
  • ख+

तनहूँ । पछिल्लो २४ घण्टामा तनहूँ जिल्लामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ५९० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५६६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

तनहूँका ३० जना सहित नवलपुरका १२१ जना कास्कीका ८५ जना, गोरखाका ७२ जना, लमजुङका ५० जना , म्याग्दीका ३१ जना, स्याङ्जाका ३४ जना, बाग्लुङका ११४ जना, पर्वतका १९ जना,गरी प्रदेशका ९ जिल्लामा २७४ पुरुष तथा २९२ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार ९८७ पुगेको छ। पछिल्लो २४ घण्टामा ५२३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ७७३ पुगेको छ ।
गण्डकीमा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ७४८ पुगेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?