तनहूँ । व्यास नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल अमेरीकाको न्यूयोर्क निवासी सुवास गुरुङ्गले नेपाल पत्रकार महासंघ तनहूँ शाखाको पत्रकार कल्याणकारी कोषमा सहयोग रकम प्रदान गर्नुभएको छ ।
गुरुङले कोषका लागि १० हजार ५ सय ५५ रुपयाँ सहयोग गर्नु भएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेलाई आइतबार सहयोग रकम हस्तान्तरण गर्दै गुरुङले जिल्लाको संचार क्षेत्रको विकासमा खर्च हुने कोषका लागि आफुले सहयोग गरेको बताउनुभयो । नेपाल पत्रकार महासंघ तनहूँ शाखाको अभियानमा सहयोग गर्नपाएकोमा आफुलाई खुशी लागेको गुुरुङले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ तनहूँ शाखाको १२ औं साधारणसभाले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने प्रस्ताव पास गरेकोमा पारित प्रस्ताव अनुसार तनहूँ शाखाले कल्याणकारी कोषमा रकम संकलन अभियान सुरु गरेको हो । जस अन्र्तगत हाल सम्म करिब १ लाख रुपयाँ संकलन भएको तनहूँ शाखाले जनाएको छ ।








