स्वास्थ्यकर्मीको परिचय पत्र देखाई लागु औषध ओसार पसार गर्ने २ व्यक्ति पक्राउ

  • ख-
  • ख+

(तस्विर प्रतिकात्मक)

तनहूँ । जिल्ला प्रहरी कार्यालय तनहूँले स्वास्थ्यकर्मीको परिचय पत्र देखाई लागुऔषध ओसार पसार गर्ने २ व्यक्ती पक्राउ गरेको छ । जेठ २१ गते दिउसो करिब ४ः४५ तिर आबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थितमा कोरोना रोकथाम तथा न्युनिकरणको लागी सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मुग्लिङतर्फबाट आबुखैरेनी तर्फ आउदै गरेको प्रदेश ३/०२ /००२ प ६९०० नं. को मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय आबुखैरेनीले खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्दा २ व्यक्तिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कार्यलय तनहूँका स्रचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताउनुभएको छ ।

निजहरुले अर्याल मेडिकल हल नयाँबजार गोरखाका पुर्ण सिंह गुरुङको नाममा परिचय पत्र भिरी पछाडी उमेश खत्री सवार भई आएको अवस्थामा मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उमेश खत्रीको साथमा फेन्सी झोलाभित्र राखी शरिरको कपडाभित्र लुकाई ओसार पसार गर्दै गरेको लागुऔषध डाईजेपाम ९४, फेनरागन ९४ र नुफिन ९६ गरी जम्मा २८४ एम्पुल अबैध लागु औषध समातेको हो साथै मोटरसाईकल चालक पुर्ण सिंह गुरुङको साथबाट ४ थान सिरिन्ज समेत फेला पारी बरामद गरी संलग्न दुबै जना व्यक्तीहरुलाई पक्राउ गरी निजहरु उपर लागु औषध डाईजेपाम समेत मुद्दामा आजै सम्मानित जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको बताईएको छ ।


पक्राउ परेका व्यक्तिहरु व्यास नगरपालिका वडा नं. १२ घासीकुवा स्थायी घर भई हाल जिल्ला गोरखा गो. न. पा. वडा नं. १४ पाङ्कोट बस्ने बर्ष २६ को उमेश खत्री र बर्ष २४ को पुर्ण सिंह गुरुङ आरुघाट गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल गो. न. पा. वडा नं. ७ सतिपिपल बस्ने रहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?