होम आइसोलेशनमा रहेकालाई स्वास्थ्यकर्मी र रेडक्रसकर्मीको सेवा

  • ख-
  • ख+

तनहूँ / नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट उपशाखा तनहूँको अगुवाइमा होम आइसोलेसनमा बसेका उक्त उपशाखाको कार्य क्षेत्रभित्र रहेका टोल डिहिगाउँ, सेवर, दुम्सी चौर अंधेरि भञ्ज्याङ, दुम्सी बजार, कुमालटारी र बैरेनी क्षेत्रमा रहेका सक्रिय संक्रमितको घरमै गएर स्वास्थ्यकर्मी सहितको टोलीले मनोसामाजिक परामर्श प्रदान गरेको छ। संक्रमित क्षेत्रका घरघरमा गएर वडा कोभिड फोकल व्यक्ति सरिता बोटेले संक्रमितहरूको स्वास्थ्यको अवस्थाबारे जानकारी लिदै आवश्यक औषधिसमेत वितरण गर्नुभएको थियो साथै उक्त अवसरमा रेडक्रसको तर्फबाट उहाँहरुलाई मनोसामाजिक परामर्श समेत उपलब्ध गराइएको थियो। युबा रेडक्रस समिती गण्डकी प्रदेशका संयोजक तथा उपशाखाका सभापति रामदत्त पौडेलका अनुसार सो अवसरमा अतिविपन्न संक्रमित व्यक्तिको परिवारलाई उक्त उपशाखाका सदस्य इश्वर पौडेल तथा विशाल गिरिबाट स्वस्फूर्त रुपमा उपलब्ध गराइएको खाद्यसामग्री र उपशाखाको तर्फबाट पौष्टिक आहारको प्याकेज समेत उपलब्ध गराइएको थियो। उक्त टोलीले होम आइसोलेसनम रहेका १८ जना संक्रमितहरुलाई सामाजिक दूरी कायम गर्दै होम आइसोलेशनमा बस्दा अपनाउनु पर्ने सतर्कता,खानु पर्ने कुराहरु,असजिलो हुँदा संपर्क गर्नुपर्ने स्वास्थ्य केन्द्र तथा व्यक्तिहरूको बारेमा समेत परामर्श उपलब्ध गराएको कुरा स्वास्थ्यकर्मी सरिता बोटेले बताउनु भयो। उच्च मनोबलका साथ रहन, सम्पर्कमा आएका हरुलाई पिसिआर टेस्ट गर्न तथा बाहिर हिँड्दा मास्क लगाउन समेत टोल टोलमा गइ सचेत गराइएको उक्त कार्यक्रममा रेडक्रसले मास्क समेत बितरण गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?