तनहूँका १ सहित गण्डकीमा थप १० संक्रमितहरुको मृत्यु

  • ख-
  • ख+

तनहूँ । गत २३ गते कोरोना संक्रमण पुष्टि भएकी व्यास नगरपालिका वडा नं. १ की ७५ बर्षिय महिलाको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पछिल्लो २४ घण्टामा पोखराका अस्पतालहरुमा उपचाररत तनहूँका १ र अन्य ७ जनासहित गण्डकी प्रदेशका थप १० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

मृतकहरु कास्की जिल्लाका ३ जना, पर्वत जिल्लाका २ जना, स्याङ्जा जिल्लाका २ जना, तनहूँ जिल्लाका १ जना (माथि उल्लेखित), लमजुङ जिल्लाका १ जना र नवलपुर जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७ सय ८९ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?