मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्राप्त गरेनन् विश्वासको मत प्राप्त

  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल हुनु भएको छ । प्रदेश सभाबाट विश्वासको मत लिनका लागि मुख्यमन्त्री गुरुङले राख्नुभएको प्रस्ताव आज बहुमतले अस्विकृत गरेको छ ।

उहाँको पक्षमा २७ र विपक्षमा ३० मत परेको छ । २ जना अनुपस्थित र १ जनाले मत नदिएको बताइएको छ । गण्डकी प्रदेशमा ६० सांसद छन् । बहुमतका लागि ३१ सांसदको मत चाहिन्छ । प्रदेशमा एमालेका २७ , कांग्रेसका १५, माओवादीका सभामुख सहित १२ , जनमोर्चाका ३ , जसपाका २ र १ स्वतन्त्र सांसद राजिव गुरुङ रहेका छन् ।

स्वतन्त्र सांसद गुरुङको सरकारमा युवा तथा खेलकुद मन्त्री भएपनि उहाँ प्रदेश सभामा आज अनुपस्थित रहनु भएको हो । उहाँले हिजो राति नै मुख्यमन्त्रीको पक्षमा नरहेको स्पष्ट पार्नुभएको थियो । विपक्षी गठबन्धनमा रहेको जनमोर्चाका सांसद कृष्ण थापाले भने मुख्यमन्त्रीको पक्षमा मत दिनुभएको हो ।

प्रदेश सभाबाट विश्वासको मत लिनका लागि मुख्यमन्त्री गुरुङले जेठ २५ गते प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको थियो।

प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतले बैशाख २९ गते नेकपा एमालेका संसदीय दलका नेता गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

यसअघि वैशाख २६ गते मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिनुभएको थियो । उहाँको राजिनामा पछि प्रदेश प्रमुख सीता कुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकोमा दलहरूले बहुमत प्रदेश सांसदहरुको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गर्न सकेका थिएनन् ।

प्रदेशमा सबभन्दा ठूलो दल एमालेका नेता गुरुङ पुन मुख्यमन्त्री बन्नु भएको हो । बहुमत प्रदेश सदस्यहरुको समर्थन नभएर अल्पमतको सरकारको नेतृत्व गर्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ संवैधानिक व्यवस्था छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?