सञ्चारकर्मी सुनिताको उपचारको लागि युनियनद्धारा सहयोग

  • ख-
  • ख+

तनहूँ । नेपाल प्रेस युनियन तनहूँले सञ्चारकर्मी सुनिता डोटेल भण्डारीको उपचारको लागि मद्धत गरेको छ । युनियनद्धारा उपचारको लागि सङ्कलन गरिएको रु ६२ हजार १२० बिहीबार बैंक मार्फत सहयोग गरिएको नेपाल प्रेस युनियन तनहूँ शाखाका अध्यक्ष अमराज नहर्कीले जानकारी दिनुभयो ।

युनियनले बिहिबार नै एक प्रेस विज्ञेप्ती जारी गरि सहयोग सङ्कलनका क्रममा रकम प्रदान गर्नुहुने सबै प्रति आभार प्रकट गरेको छ । साथै सूनिताको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । सुनिता घरको छतबाट खसरे दुवै खुट्टा भाँचिएर हाल काठमाडौ स्थित बि एण्ड बि अस्पतालमा उपचारत हुनुहुन्छ । युनियनमा आबद्ध सञ्चारकर्मीसँग रकम सङ्कलन गरेर हस्तान्तरण गरिएको युनियन तनहूँका सचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?