जुवा खेल्ने ७ व्यक्ति पक्राउ

  • ख-
  • ख+


तनहु । मिति २०७७।०७।१८ गते बेलुका ८ बजेको समयमा शुक्लागण्डकी नगरपालिका वडा नं. ६ खैरेनीटार स्थित सापकोटा होटेल घरमा जुवा खेलिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का. तनहुँबाट प्र.ना.उ. युवराज तिमिल्सिनाको कमाण्डमा १० जना र ईलाका प्रहरी कार्यालय बेलचौताराको टोलि समेत खटि गई जुवा खेल्ने र खेलाउने ब्यक्तीलाई सहित तनहुँ जिल्ला शु.ग.न.पा. ११ बस्ने दिपक श्रेष्ठ, दिपक बि.क, शंकर शर्मा, कमल थापा, तनहुँ जिल्ला ब्यास न. पा. १० बस्ने मोती कुमार श्रेष्ठ, बाग्लुङ जिल्ला ढोरपाटन न. पा. ४ बस्ने टेक छन्त्याल र पर्वत जिल्ला बालकोट ४ बस्ने रबी गुरुङ गरी जम्मा ७ जना मानिसहरुलाई नियन्त्रणमा लिई निजहरुको साथबाट नगद रु १,९७,९५०। .एक लाख सन्तानब्बे हजार नौ सय पचास रुपैया ) र एक बुक तास समेत बरामद गरी जुवा कसुर अन्तरगत थप अनुसन्धान भैरहेको पजल्ला प्रहरी कार्यालय तनहुँबाट जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?