स्कुटर दुर्घटनामा परी चालकको मृत्यु

  • ख-
  • ख+

काठमाडौं । काठमाडौं महानगरपालिका–३ बसुन्धारामा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

बा ३४ प १७५२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका–२२ घर भई काठमाडौं मनमैजु बस्ने ३३ वर्षीय रोहन त्रिपाठीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?