घुसको ८ लाख रूपैयाँ फालेर भागेका गाउँपालिका अध्यक्ष घर फर्के, फर्किँदा फूलमालाले भव्य स्वागत

  • ख-
  • ख+

घुसको रकम फालेर फरार भएका धनुषा जिल्लमा गाउँपालिका अध्यक्ष घर फर्केका छन्।

जिल्लाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतले सर्वोच्च अदालतले अख्तियारले गरेको सबै स्टिङ अपरेसन बदर गर्ने फैसला गरेपछि राहत पाएका हुन्।

अध्यक्ष राउत फरार भएको झण्डै तीन महिनापछि शुक्रबार साँझ घर फर्किएका हुन्।

गत फागुन १७ गते राति घुस बापतको आठ लाख रुपैयाँ फालेर फरार भएको आरोप लागेको थियो।

राउत फर्केपछि उनको घरमा नेकपा एमालेका नेता तथा कार्यकर्ताको भिड लागेको थियो।

उनका समर्थकहरूले उनलाई फूलमालासहित उनको स्वागत गरेका छन्।

गाउँपालिकाको गाडीसहित चालक वीरबहादुर मगरलाई अख्तियारले नियन्त्रणमा लिएको थियो। चालकलाई हाजिर हुने सर्तमा छोडिएको थियो।

अख्तियार कार्यालयका अनुसार गाउँपालिका अध्यक्षले कार्यालयको भवन निर्माण योजनाको भुक्तानीको लागि ठेकेदारबाट ८ लाख रुपैयाँ घुस लिएका थिए। (सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?