तनहूँमा असार ७ गतेसम्म निषेधाज्ञा थपः केहि व्यसायमात्र खोल्न पाउने निर्णयप्रति व्यवसायीको आपत्ति

  • ख-
  • ख+

तनहूँ । जिल्ला प्रशासन कार्यालय तनहूँले तनहूँ जिल्लामा निषेधाज्ञा थप एक साता लम्ब्याएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सोमबारबाट सकिन लागेपछि असार ७ गतेसम्म बढाउने निर्णय गरिएको छ तर यसपटकको निषेधाज्ञा मा पसल खोल्ने समय थप गर्नुका साथै बैक, वर्कशप तथा मोवाईल पसल पनि खोल्न पाईने भएको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गरेको सिफारिसका आधारमा अब बैंक तथा वित्तिय संस्था विहान १० देखि दिउँसो १ बजेसम्म खोल्न पाईने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो ।

यस अघि खुल्दै आएका अत्यावश्यकीय सामानका पसल पनि अब विहान १० बजेसम्म खोल्न पाइने भएको छ ।
अन्य व्यापार व्यवसायका हकमा भने कुनै थप निर्णय नभएको प्रशासनले जनाएको छ ।

तनहूँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले केहि व्यवसायमात्र संचालन गर्न पाउने निर्णय प्रति आपत्ति जनाईसक्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्