व्यास १० मा किरिया बसेका एकै परिवारका ६ जना सहित १० जनामा कोराना संक्रमण

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं.१० मा किरियापुत्री सहित एकै परिवारका ६ कोरोना पोजिटिभ देखिएको छ साथै उक्त परिवारसग सम्बन्धित अन्य ४ जनामा पनि कोरोना संक्रमण देखिएको छ । पसल भएका व्यक्तिको परिवारका सदस्य सबैलाई कोराना संक्रमण देखिएपश्चात बसेको आपत्कालिन बैठकले उक्त टोलका सम्पूर्ण पसलहरु बन्द गर्ने, बाहिरबाट मानिसहरु आउन तथा बाहिरबाट आएका सवारी साधनहरु उक्त टोलमा रोक्न प्रतिवन्ध लगाउने, अनावश्यक रुपमा बाहिर हिड्ने मानिसहरुलाई सुरक्षाकर्मी लगाएर कारवाहि गरिने, टोलको निर्णय अटेरी गरि पसल संचालन गरेको खण्डमा नेपाल सरकाले तोके बमोजिमको जरिवाना तिराउने लगायतका निर्णय गरेको छ ।
व्यास नगरपालिका वडा नं. १० का अध्यक्ष तुलसीराम सापकोटा , वडा सदस्य सूर्यराज मिश्र, पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्जल पौडेल, सुरक्षाकर्मी, टोल विकास संस्थाका पदाधिकारीहरु तथा विभिन्न संघसंथाका प्रतिनिधिहरु उक्त घर परिवारलाई भेटि काज किरियाको काम टुंग्याएर पनि आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गर्नुभएको थियो ।
६ दिन अगाडी परिवारका सदस्य गुमाएको उक्त परिवारका सदस्यँहरुको एन्टिजोन विधिबाट परिक्षण गर्दा उहाँहरुमा कोरोना परिक्षण कोरोना पोजिटिभ देखाएको थियो । उहाँहरको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्