प्रहरीलाई सशस्त्रको र सशस्त्रलाई प्रहरीको डिएसपी हुँ भन्ने कृष्णप्रसाद पक्राउ

  • ख-
  • ख+

आफूलाई नेपाल प्रहरीको डाक्टर, मेडिकल प्रहरी नायब उपरीक्षक (डिएसपी) भन्दै प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा राखेर भ्रम सिर्जना गरेको अभियोगमा ४४ वर्षीय कृष्णप्रसाद ढुङ्गाना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा काठमाण्डौंबाट गए बिशेष प्रहरी टोलीले उनलाई काठमाण्डौंको तारकेश्वर नगरपालिका ६ मा निजले संचालन गरेको भिक्टोरिया फार्मेसीबाट पक्राउ गरेको जनाएको छ ।

कोही व्यक्ति उनीबाट पिडित भएको भए महानगरीय अपराध महाशाखा काठमाण्डौंमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

प्रहरीका अनुसार उनले आफुलाई मेडिकल डाइरेक्टर हुँ भन्दै मेडिकल फर्म संचालन गर्दै आएका छन् । नेपाल प्रहरीको कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दै आएका उनले प्रहरी नायब उपरीक्षकको यूनिफम लगाएको फोटो आफ्नो फेसबुक प्रोफाइलमा राख्ने गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?