गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो, नवलपरासीका २० गाउँ उच्च जोखिममा

  • ख-
  • ख+

रुपन्देही । गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचकभन्दा माथि पुगेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पाँच लाख क्युसेक क्षमताको ब्यारेजमा पानीको सतह चार लाख आठ हजार क्युसेकमाथि पुगेपछि ढोकाहरु खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका अधिकारी तारासिंह थापाले जानकारी दिनुभयो ।

ब्यारेज जीर्ण भएका कारण ४ लाख क्युसेक पानी कटेपछि उच्च जोखिम मानिने उनले बताए । पानीको सतह अझै बढे बि ग्याब बाँध फुट्न सक्ने र बस्ती नै डुबानमा पर्ने संभावना बढेको उहाँले बताउनुभयो ।

पानीको सतह बढेपछि अहिले पश्चिम नवलपरासीका २० गाउँ जोखिममा परेका छन् । यसैबीच गण्डक ब्यारेज र अन्य खोलाहरूका कारण डुबान हुन थालेपछि स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

जोखिम क्षेत्रमा तत्काल उद्दार र क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताउनुभयो । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?