फोहोर फोहोर ट्यांकी मापदण्ड अनुसार निर्माण गरिएको नगरिएको, उक्त फोहोर संकलन गर्न निर्माण गरिएको ट्यांकीबाट खोलामा चुहावट हुन्छ कि हुदैन ?
तनहूँ । तनहूँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले वातावरणिय प्रदुषण न्युनिकरण गर्न खोलाको किनारमा फोहोर संकलन ट्यांकी निर्माण गरेको जानकारी प्रदान गरेको छ । सहकारी संघ लिमिटेडका अध्यक्ष यज्ञ प्रसाद शर्मा जारी विज्ञप्तिमा प्रस्तुत विषयमा व्यास नगर पालिका वडा नं. ११ स्थित रानीचोक मा रहेको यस तनहूँ जिल्ला दुग्ध उत्पादक सहकारी लिमिटेडले संघको उद्योग भवन नजिक निर्माण गरिएको फोहोर संकलन ट्यांकी कुनै नया भवन निर्माण गर्ने उद्धेश्यले नभई तनहूँ जिल्ला भित्रका दुग्ध उत्पादक किसानहरुवाट उत्पादन भएको दुध संकलन तथा दुग्ध पदार्थ उत्पादन कार्य गर्दा निस्कने फोहोरलाई व्यवस्थित गरि बातवरणीय प्रदुषण न्युनिकरण गर्न निर्माण गरिएको फोहोर संकलन ट्यांकी भएको व्यहोरा सम्पुर्ण सुभचिन्तकज्युहरुमा जानकारीका लागि हार्दिक अनुरोध छ भनिएको छ ।
उक्त विज्ञप्तिमा खोलाको किनारमै निर्माण गरिएको उक्त फोहोर संकलन ट्यांकी मापदण्ड अनुसार निर्माण गरिएको नगरिएको, उक्त फोहोर संकलन गर्न निर्माण गरिएको ट्यांकीबाट खोलामा चुहावट हुन्छ कि हुदैन केहि उल्लेख गरिएका छैन ।
व्यास नगरपालिका वडा नं. १० र ११ सिमाना भई बग्ने भोटे खोलाको किनारमा निर्माण गरिएको उक्त आर सिसि भवन केहिदिन अगाडिको बर्षामा पुरिएको थियो र खोलो थुनिएको थियो ।









