कोरोनाबाट भानुकी बृद्धाको मृत्युः तनहूँमा थपिए ८८ संक्रमित

  • ख-
  • ख+

तनहूँ । तनहूँको भानु नगरपालिका वडा नंं. ३ की ७० बर्षिय बृद्धाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । साथै पछिल्लो २४ घण्टामा तनहूँ जिल्लाका ८८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमितमा ४६ महिला र ४२ जना पुरुष रहनुभएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १ हजार १२६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३४६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?