जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई भारतीयको मृत्यु, तीन नेपाली घाइते

  • ख-
  • ख+

बाराको जितपुर सिमरा उपहानगरपालिका वडा नं. २ को एउटा स्टिल फ्याक्ट्रीमा आगलागी हुँदा दुई जना भारतीय कामदारको मृत्यु भएको छ।

मृत्यु हुनेमा बिहार पश्चिम चम्पारण जिल्लाका ४० वर्षीय प्रदीप गोण र बिहार सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो हुनुहुन्छ ।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार जितपुर सिमरा उपमहानगरपालिका २ स्थित जगदम्बा स्टिल प्रा. लि. मा शनिबार राति पौने ८ बजे आगलागी भएको हो।

मिश्रका अनुसार आगलागीमा परी तीन जना नेपाली कामदार घाइते हुनुभएको छ ।

घाइते हुनेमा रामकुमार विश्वकर्मा, इन्द्रप्रसाद अधिकारी र नवराज चौंलागाईं हुनुहुन्छ । उहाँहरुको तराई अस्पताल वीरगञ्जमा उपचार भइरहेको डिएसपी मिश्रले जानकारी दिनुभयो ।

मिश्रका अनुसार उद्योगको भट्टीमा आगलागी भएको थियो। ‘वल्डिङ गर्दा सर्किट टुटेर आगलागी भएको जानकारी आएको छ,’ डिएसपी मिश्रले भन्नुभयो, ‘आगलागी नियन्त्रणमा आइसकेको छ।’

आगलागीमा के कति क्षति भएको भन्नेबारे अनुसन्धान भइरहेको छ । (सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?