तनहूँ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको कारण तनहूँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं. ५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका ४ जना कर्मचारीको जागिर गएको छ ।
ज्ञानेन्द्र शाहीको अगुवाईमा संचालित ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको टोलीले २०७८ साल जेठ १२ गते बुधवार उक्त अस्पताल हाताभित्र नै अवैध रुपमा पिसिआर परिक्षण गर्न भन्दै सेवाग्राहीसँग रकम संकलन गर्ने अस्पतालका कर्मचारीलाई पक्राउ गरेको थियो । सोही अस्पतालकै फार्मेसीमा कार्यरत रहेका कर्मचारी र अन्य कर्मचारीको मिलोमतोमा संक्रमितका आफन्तलाई सरकारी अस्पतालबाट रिपोर्ट आउन लामो समय कुर्नुपर्ने तर आफुहरुले एक दिनमै रिपोर्ट उपलब्ध गराउने आश्वासन देखाएर मोटो रकम रकम असुल गरिरहेका थिए । कर्मचारी पक्राउ पश्चात अस्पतालले आफना कर्मचारीको गल्ती ढाकछोप गर्नको लागि अष्पष्ट बिज्ञप्ति निकालेको थियो ।। विज्ञप्तिमा आफ्नो अस्पतालले राम्रो सेवा सुविधा प्रदान गरेको भन्दै अस्पताल प्रशासन सेवाग्राहीको सुविधा प्रति अस्पताल प्रतिवद्ध रहेको जनाएको छ साथै पिसिआर परिक्षणको विषयमा उठेको सवालमा कर्मचारी माथि छानविन गर्ने जनाए पनि बुधबार जस्तै अन्य दिन अस्पताल प्रागंढमा हुने गरेको बिचौलियाहरुको ढगि कृयाकलापको बारेमा कहि कतै उल्लेख गरिएको थिएन तर लामो अनुसन्धान पश्चात पिसीआर परीक्षण गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाएपछि निलम्बन परेका ४ कर्मचारीको करार सम्झौता रद्द गरिएको छ । करार सम्झौता रद्द हुने कर्मचारीहरुमा फार्मेसिष्ट सुधन पन्त, ल्याव टेक्निसियन आनन्दप्रसाद ढुङ्गाना, रेडियोग्राफर विधान तिमिल्सिना र कार्यालय सहयोगी मदन श्रेष्ठ हुनुहुन्छ । जेठ १७ गते निलम्बनमा पर्नुभएका उहाँहरुलाई अस्पतालले असार ७ को निर्णय बमोजिम निलम्बन भएको मितिदेखि नै तलब लगायतका सुविधा नपाउने गरी करार सम्झौता रद्द गरिएको जनाईएको छ । करार रद्ध गरिएका कर्मचारीहरुले सरकारी कर्मचारीले पालना गर्नुपर्ने नियम पालना नगरेको र निजहरुले पेश गरेको लिखित तथा मौखिक जवाफबाट अस्पताल प्रसाशन सन्तुष्ट हुन नसेकेको पनि विज्ञप्तिमा जनाईएको छ ।








