सभापतिका आकांक्षी रामचन्द्र पौडेल आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गर्दै

  • ख-
  • ख+

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्वमा दोहोरिनको तयारी तीव्र पारेपछि नेपाली कांग्रेसका अन्य नेताहरुले पनि तयारी तिब्र पारेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि भापतिको आकांक्षी भएको कारण उहाँ पनि आन्तरिक छलफलमा छलफलमा केन्द्रीत हुन थाल्नुभएको छ । वरिष्ठ नेता पौडेलले आज आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाउनुभउको छ ।

दिउँसो २ बजेपछि बसुन्धारास्थित दियालो फुडल्याण्डमा बस्ने पौडेल पक्षको बैठकमा महाधिवेशनको तयारी, नीति र नेतृत्वबारे छलफल हुने बताइएको छ ।
काँग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ ।

नेपाली कांग्रेसमा त्यागि मानिने वरिष्ठ नेता पौडेल सभापतिको आकांक्षी भएपनि उहाँकै समुहमा रहेको नेकाका महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला सभापति पदका आकांक्षी रहेको हुनाले पनि उहाँलाई गारो पर्ने देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?