परेवाको मूर्ति राखेपछि पर्यटक बढे

  • ख-
  • ख+

तनहुँ । प्रर्यटन प्रवद्धन गर्न तनहुँको व्यासनगरपालिका–१० स्थित परेवा डाँडामा परेवाको मूर्ति निर्माण गरिएको छ । मूर्ति निर्माण पछि उक्त ठाउँमा पर्यटक बढ्न पुगेका छन् ।
परेवाडाडाँमा रहेको पहरोमा परेवाहरु बस्ने गरेको र प्राकृतिक दृश्य अवलोकनको लागि पर्यटक आउने गरेकोले थप आर्कषण गर्न मूर्ति राखिएको हो । मूर्ति राखेपछि त्यहाँ घुम्न पुग्नेहरुले सामाजिक सञ्जालहरु फेसबुक, ट्टिर, इन्स्टाग्राम फोटो र भिडियो पोष्ट गर्न थालेपछि प्रचार÷प्रसारमा टेवा पुगि पर्यटक बढेको उक्त वडाका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । ‘विशेष गरेर परेकाको मूर्तिसँग सेल्फी खिचेर पोष्ट गर्ने गरेकोले प्रसार प्रसारमा टेवा पुगेको छ ’ वडाध्यक्ष सापकोटाले भन्नुभयो । पर्यटक बढ्न पुगेपछि त्यस ठाउँको महत्व बुझेर पहरोमा बसेका परेवालाई गुलेली हानेर मार्ने तथा तर्साउने कार्य पनि बन्द हुन पुगेको छ ।
उक्त वडा भित्र रहेका दुम्सीचौर,कुमालटारी र पाथ्राघाट स्थल ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहेकोले त्यसको संरक्षण गरी आन्तरिक एवं बाह्य पर्यटकहरु भित्र्याउने लक्ष्य राखिएको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो । ‘जुन स्थानमा जे चीजको प्रख्यात थियो,त्यसैलाई जीवन्तता दिने गरी कार्य थालिएको हो’ मूर्तिकार ल्याएर उक्त स्थानमा एक परेवा जोडी बनाउन शुरु गरिएको छ जसमा एक परेवा बनिसकेको छ भने अर्को निर्माणको क्रममा रहेको छ । मूर्तिको लागि ६ लाख रुपियाँ बजेट बिनियोजन गरिएको वडा कार्यालयले जनाएको छ । उक्त परेवाको सात फिट लामो र करिब चार टन तौल भएको बताईएको छ ।
वडामा रहेको ऐतिहासिक स्थलको रुपमा दुम्सीचौरमा दुम्सी चरिरहेको, कुमालटारीमा कुमाल जातिले आरी, हुक्का या घैटो बनाईरहेको, पाथ्राघाटमा माझीले डुङ्गा चलाएको बनाउने निर्णय गरिएको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो । यो बर्ष परेवा डाँडामा परेवा जोडी र दुम्सीचौरमा दुम्सी चरिरहेको निर्माण कार्य अघि बढाइएको छ । यस क्षेत्रमा बोटे, कुमाल र दरै जातिको बाहुल्यता रहेको छ । बिस्थापित हुदै गएको महत्वपूर्ण स्थलहरुको संरक्षण गरी भावी सन्ततीहरुलाई यी स्थानहरुको बारेमा पहिचान गराउन सहज बनाउने लक्ष्य रहेको सो वडा कार्यालयले जनाएको छ ।
वडाभित्र रहेका यस्ता ऐतिहासिक,धार्मिक र साँस्कृतिक क्षेत्रहरुको पहिचान गरी संरक्षण गर्न व्यासनगरपालिका कार्यालयले प्राथामिकतामा राखेर काम गर्दै आएको व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । ‘नगरपालिका भित्र रहेका यस्ता सम्पदाहरुको संरक्षण एवं सम्बद्र्धन गर्न सकिए आन्तरिक एवं बाह्य पर्यटकहरुको आगमनमा बृद्धि गर्न सकिने विश्वास लिएका छौं ।’ नगरप्रमुख न्यौपानेले भन्नुभयो । सामाजिक सञ्जालमा परेको मूर्तिसँग सेल्फी खिचेको तस्विर देखेपछि परेवा डाँडा जाउँ जाउँ पुगेर अवलोकन गरें सा¥है रमणिय लाग्यो ।’ महालक्ष्मी बैंक लिमिटेड दमौलीका शाखा प्रवन्धक सुदीप न्यौपानेले भन्नुभयो । मूर्ति आर्कषण लागेको र ‘फेसबुकहरुमा देखिएको मूर्ति र मनोरम स्थान देख्दा घुम्न मन लागेको थियो सबै परिवार आएर हेरियो निकै राम्रो लाग्यो ।’ परिवार सहित घुम्न आउनुभएकी पर्यटकले सो कुरा बताउनुभयो ।

(तस्विरः सामाजिक संजाल)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?