स्वास्थ्य मन्त्रालयले भन्यो-कसैले पैसा लिएर कोरोनाको खोप लगाउने भने, उजुरी गर्नू

  • ख-
  • ख+

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसैले पैसा लिएर कोरोना भाइरसविरूद्धको खोप लगाइदिने कुरा गरे तत्काल उजुरी गर्न आग्रह गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै सरकारले अहिलेसम्म निस्शुल्क लगाइरहेको भन्दै कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा तुरून्त स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गर्न भनेको छ।

अहिले खोप उमेर समूह तथा अत्यावश्यक क्षेत्र अनुसारले पालै-पालो वितरण भइरहेको भन्दै मन्त्रालयले त्यस्तो ठगीमा नपर्न सुझाएको हो। यद्यपि अहिले खोप अभियान भने सञ्चालनमा छैन।

केही साताअघि मात्र चीनबाट अनुदानमा आएको १० लाख डोज खोपको पहिलो मात्रा लगाइएको थियो। उक्त खोप ६० देखि ६२ वर्ष उमेर समूहका मानिसलाई लगाइएको छ। अब दोस्रो मात्रा भने आगामी असार २२ गतेबाट लगाइने भनिएको छ।

सरकारले थप नागरिकलाई खोप लगाउने भने पनि अहिले थप खोप जुट्न सकेको छैन। यसअघि पनि झन्डै १३ लाख मानिसले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन बाँकी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?