तनहूँमा पहिरो परि २ जनाको मृत्यु,पृथ्वी राजमार्ग अबरुद्ध

  • ख-
  • ख+

तनहूँ /अविरल वर्षाको कारणले तनहूँका विभिन्न स्थानमा गएको बाढि पहिरोले जनधनको क्षती भएको छ । पहिरोको कारण घर भत्कदा बन्दिपुर गाउँपालिका वडा नं. ३ तामुङमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हरिमाया नेपाली र सरस्वती थापा हुनुहुन्छ । बाढीपहिरोले गर्दा सयौं मानिसहरु विस्थापित भएको, दर्जनौं घरहरु भत्किएको, सडक अबरुद्ध भएको, पशु तथा चौपाया बगाएको सहाय प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले बताउनुभयो , साथै जिल्लाको खैरेनीटार, थर्पु, छिर्कने, डुम्रे, आबुखैरेनी लगाएतका विभिन्न स्थानमा गएको भिषण पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । दर्जनौं ठाउँमा पहिरो गएको कारण डुम्रे बेसिसहर मार्ग पनि अबरुद्ध भएको पनि उहाँले बताउनुभयो ।
बर्षात र सडक अबरुद्ध भएको कारण विस्थापितहरुलाई पुर्नस्थापनागर्न समस्या भैरहेको र पुर्नस्थापनको लागि जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय निकाय लागि रहेको उहाँले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार जिल्लाका विभिन्न स्थानमा भएको क्षतिको विवरण संकलन कार्य भैरहेको छ र वरुद्ध सडक खुलाउने कार्यै भईरहेको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?