गोरखामा पहिरोले पुरिंदा एकै परिवारका २ जनाको मृत्यु

  • ख-
  • ख+

गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका २ जनाको मृत्यु भएको छ ।

गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो । उहाँहरु श्रीमान श्रीमती हुनुहुन्छ ।
इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उहाँहरु दुवैको शव बाहिर निकाल्नुभएको छ । गाउँपालिका अध्यक्ष राजु गुरुङले आज बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिनुभयो । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?