गोठमा टिपर खस्दा दम्पतीको मृत्यु

  • ख-
  • ख+

काठमाडौं । नुवाकोटका साइला तामाङ र उनकी श्रीमती जयन्ती तामाङ कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५, मूलपानीमा साहुको जग्गामा खेती गरेर गुजारा चलाइरहनुभएके थियो । खेतीबाट आएको पैसाले राँगो र गाईसहित केही वस्तुभाउ पनि पाल्नुभएको थियो ।

गोठमा वस्तुभाउ चोरी होला भनेर उनीहरु राति गोठसँगै रहेको टहरोमा बास बस्नुहुन्थ्यो । तर आइतबार विहान ४ बजे तामाङ दम्पतीले त्यही गोठमा ज्यान गुमाउनुपर्‍यो ।
प्रहरी वृत्त, बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार मूलपानी रहेको मुख्य सडकमा गुडिरहेको ट्रिपर अनियन्त्रित भएर तामाङ दम्पती सुतेको टहरामाथि खसेको थियो । सडकबाट ५० मिटर तल रहेको गोठमा टिपर खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भयो ।

‘बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भएर खसेको थियो, चालकलाई नियन्त्रणमा लिएका छौं’ उहाँले भन्नुभयो, ‘उहाँविरुद्ध सवारी ज्यान कसूरमा अनुसन्धान हुनेछ ।’

पक्राउ परेका चालक काभ्रेबाट निर्माण सामग्री बोकेर आउनुभएके थियो ।उहाँले प्रहरीमा दिएको बयानअनुसार ‘स्टेरिङ लक’ भएर गाडी ओरालो सडकमा अनियन्त्रित भएर टहरामा पुगेको थियो । घटनामा चालक सकुशल रहनुभएको छ। (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?