जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा २ जना होटल साहुनी पक्राउ

  • ख-
  • ख+

महिलालाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा कास्की प्रहरीले पोखराको रामबजारबाट दुई महिलालाई पक्राउ गरेको छ ।

पोखरा – १० रामबजार स्थित एक होटलमा राम्रो काममा लगाइदिने बहानामा महिलालाई बोलाएर जबर्जस्ती यौन शोषण गराएको अभियोगमा होटल संचालक ५३ वर्षीया गौमती गुरुङ र रुपा गाउँपालिका १० हंसपुर घर भइ हाल रामबजार बस्दै आएकी ४० वर्षीया आइतीमाया गुरुङ पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

डिएसपी हमालका अनुसार पक्राउ परेका दुई महिलाले शुरुमा युवतीलाई राम्रै व्यवहार गरेपनि एक दुइ दिनमै होटलमा खाजा खान आउने व्यक्तिसँग पैसा लिएर डर धाक देखाई जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाउने गरेका थिए ।

उनीहरु विरुद्ध मानव वेचबिखन तथा ओसार पसार मुद्धामा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले उल्लेख गर्नुभयो ।

पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। (पोखरा न्युज)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?