फरार अभियुक्त खोज्दै तनहूँ प्रहरी

  • ख-
  • ख+

तनहूँ । कार्तिक २२ । तनहुँ प्रहरीले विभिन्न मुद्धाका फरार रहेका तीन जना अभियुक्तलाई नियन्त्रणमा लिएको छ । लागु औषध मुद्धामा फरार रहेका भानु नगरपालिका–१ पुल्चोक बस्ने विष्णुबहादुर थापालाई बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारबाट बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । २०७७ साल असोज २१ गते तनहुँ जिल्ला अदालतबाट ५० हजार जरिवाना र ५ महिना २७ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकोले थापालाई पक्राउ गरिएको डिएसपी तिमिल्सिनाले बताउनुभयो ।
यसैगरी सार्वजानिक मुद्धामा फरार रहेका भानु नगरपालिका–५ का ३७ वर्षिय राजकुमार परियारलाई पनि शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । कार्यालयका अनुसार निजलाई घरबाट परियारलाई पक्राउ गरिएको हो । वि.सं.२०७२ साल पुस २० गते अदालतबाट ५ हजार जरिवाना पैmसला गरिएकोमा जरिवाना भुक्तानी नगरी फरार रहेकोले परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँको भनाई रहेको छ । सरकारवादी देवानी मुद्धामा फरार रहेका भानु नगरपालिका–५ कै ३३ वर्षिय बाबुकाजी श्रेष्ठलाई पनि शुक्रबार पक्राउ गरिएको छ ।
अदालतबाट २०७५ साल पुस १२ गते १ वर्ष कैद र ५० रुपियाँ जरिवाना तोकिएकोमा फरार रहेकोले उनलाई पक्राउ गरिएको हो । अदालतबाट पैmसला भई दण्ड, जरिवाना, दसौटी, कोट फि र सरकारी विगो समेत समेत तिर्न बाँकी रहेका खोजी गर्ने कार्यलाई तिव्रता दिने क्रममा उनिहरु पक्राउ परेको प्रहरीले जनाएको छ साथै अन्य फरार रहेका अभियुक्तहरुको पनि तिब्रताका साथ खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्