बाढिले बगाएको छाब्दी खोलाको पुलको जनप्रतिनीधीहरुद्धारा निरीक्षणः एक साता भित्र बेलिब्रिजको आईपुग्ने निवर्तमान सांसद किसानको दावी

  • ख-
  • ख+

तनहूँ । प्रतिनिधि सभाका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ किसानले केहि दिन बाढीले भत्काएको व्यास नगरपालिका वडा नम्बर १ र १३ जोड्ने छाब्दी खोलाको भग्नावशेष पुलको निरिक्षण गर्नुभएको छ ।

श्रेष्ठले पुल भत्काएको स्थानको निरिक्षण गरि स्थानीय बासिन्दासँग छलफल गरि जतिसक्दो छिटो बेलिब्रिज राख्ने र चाडै नै यातायात सुचारु हुने बताउनुभयो । श्रेष्ठले उक्त खोलामा अब यहि साताभित्र बेलिब्रिज राख्ने काम सुरु गर्ने र त्यसको लागि तुरतुरेमा रहेको बेलिब्रिज फुकाल्ने काम आइतबारबाट नै सुरु हुने जानकारी दिनुभयो ।

सो अवसरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक दिनेशराज मैनाली, पुर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गाना, ब्यास ४ का वडा अध्यक्ष विश्व न्यौपाने लगायतले छाब्दी खोलाको पुल भत्काएको स्थानको निरिक्षण गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्