डढेलो निभाउँदा घाइते भएका रमेश पहरीको पनि मृत्यु, आगो अझै नियन्त्रणबाहिर

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक बनमा डढेलो निभाउन जाँदा घाइते भएका दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । गोदावरी–४ घर भएका ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए ।

मङ्गलवार डढेलोमा परेर घाइते भएका उनलाई उपचारका लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा राखिएको थियो । सो जङ्गलमा आगो निभाउन गएका ३५ वर्षीय शङ्कर पहरीको मङ्गलवार मृत्यु भएको थियो ।

ललितपुरको तपेश्वर, लेले र आनन्दवन सहित ११ ठाउँमा डढेलो लागिरहेको छ । डढेलो अझै नियन्त्रणमा नआएको एसपी सुवेदीले जानकारी दिए ।
रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्