बेसीशहर ७ मैगुमका ४५ घरमा एक घर एक धारा जडान

सर्वज्योति
  • ख-
  • ख+

१८ बैशाख । बेसीशहर । लमजुङको बेसीशहर नगरपालिका ७ मैगुममा एक घर एक धारा निर्माण भएको छ । ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपाल र सिआरएस नेपालको साझेदारीमा संचालित लमजुङ पुर्नलाभ परियोजन अन्तर्गत मैगुमका दलित बस्तिमा २९ घर, रावल गाँउमा १५ घर र एउटा समुह भवनमा गरी ४५ वटा घरमा एक घर एक धारा जडान गरीएको हो ।

आरसिडिसि नेपाल, सिआरएस नेपाल र मैगुम खानेपानी तथा सरसफाई उपभोक्त समिति विच २०८० मङसिर ६ गते खानेपानी योजना निर्माणका लागि सम्झौता भई २०८० माघ २९ गते सम्पन्न गरी खानेपानीको पहुँच पु¥याइएको छ ।

उक्त खानेपानी निर्माणका लागि लमजुङ पुर्नलाभ परियोजनाद्धारा २० लाख ४७ हजार आठ सय एक रुपैयाँ ६ पैसा र पाँच लाख ५० हजार ६ सय १२ रुपैयाँ स्थानियको श्रमदान परेको लमजुङ पुर्नलाभ परियोजनाका परियोजना संयोजक रवि थापाले जानकारी दिनु भयो । थापाका अनुसार बस्तीबाट १२ सय मिटर र आठ सय ५० मिटरको दुरीमा दुई वटा फेरो सिमेन्ट (आरभिटि) टयङ निर्माण गरी गडुलो खोला मुलबाट पानी ल्याईएको छ ।

मैगुममा निर्माण सम्पन्न एक घर एक धाराको सोमबार एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य पृथ्बी सुब्बा गुरुङले उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दे प्रतिनिधि सभा सदस्य गुरुङले आफु गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा एक घर एक धाराको अवधारण ल्याएको बताउदै गण्डकीको धेरै जसो गाँउमा उक्त योजना पुगिसकेको र कुनैमा बाँकी रहेको बताउनु भयो । उक्त खानेपानी योजनामा सहयोग पुर्एकोमा पनि उहाँले आरसिडिसि नेपाल र सिआरएस नेपाललाई धन्यबाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख बुना कुमारी रिमाल, बेसीशहर नगरपालिका प्रमुख गुमनसिंह अर्याल, उपप्रमुख पदमा गुरुङ, कार्यपालिका सदस्य मनिता परियार लगायतले घरघरमा खानेपानी आँउदा स्थानीयको मुहारमा खुशी छाएको देख्न पाउँदा आफुले पनि खुशी महशुुस गर्न पाएको बताउनु भयो ।

मैगुम खानेपानी तथा सरसफाई उपभोक्त समितिका अध्यक्ष काजीराम दमैको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुनिता परियारले संचालन गर्नुभएको थियो ।
मर्स्याङदी समाचार

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?