एमालेमा ओली र नेपाल पक्षबीच १० बुँदे सहमति

  • ख-
  • ख+

लामो समयदेखि विवादको भुमरीमा रुमल्लिरहेको रहेको सत्तारुढ नेकपा एमालेमा १० बुँदे सहमति भएको छ ।

झण्डै १२ घण्टादेखि सिंहदरवारस्थित अर्थ मन्त्रालयमा भएको वार्तापछि एमालेको दुवै पक्षबीच सहमति भएको हो । सहमतिअनुसार अब एमाले नेकपा गठन पूर्वको अवस्थामा फर्किएको छ ।

एमालेले सर्वोच्च अदालतको फागुन १३ गतेको फैसलापछि एकतासँग मेल नखाने सबै निर्णय स्वतः बदर गरेको छ ।

एमालेमा माओवादी केन्द्रबाट आएका स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्यलाई स्वागत गर्दै सोही पदमा निरन्तरता दिने निर्णयसमेत भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?