उच्च अदालत इलाम इजलासकी कर्मचारी मृत भेटिइन्

  • ख-
  • ख+

उच्च अदालत विराटनगरको इलाम इजलासकी एक जना कर्मचारी कार्यालय परिसरभित्रै मृत भेटिएकी छन् । कार्यालय सहयोगी सोलुखुम्बु घर भएकी ४८ वर्षीया विमला पराजुली मृत अवस्थामा भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय, इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठका अनुसार शवमा बाहिरी चोटपटक देखिएको छैन । उनले भने, ‘शव चाहिँ घोप्टो परेको अवस्थामा छ ।’

उनका अनुसार अहिले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरलाई पनि बोलाइएको छ । ‘डग स्निफिङपछि थप अनुसन्धान हुनेछ’ श्रेष्ठले भने ।

(अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?