बालुवाटारमा एमाले स्थायी कमिटी अनौपचारिक बैठक, भीम रावल पनि सहभागी

  • ख-
  • ख+

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा माधव नेपाल पक्षधर वार्ता टोली संयोजक डा. भीम रावल पनि सहभागी भएका छन् ।

आजको बैठकमा सर्वोच्च अदालतको फैसला र त्यसपछिका राजनीतिक घटनाक्रमबारे अनौपचारिक छलफल भएको नेताहरूले बताएका छन् । मंगलबार बोलाइएको केन्द्रीय कमिटी बैठक के गर्ने भन्नेबारे समेत छलफल हुनेछ ।

स्थायी कमिटीको बैठकले आइतबार रातिको १० बुँदे पार्टी एकता सम्बन्धी सहमतिलाई अनुमोदन गर्ने भने पनि सबै नेताहरूसहितको औपचारिक बैठक राख्ने र त्यसबाट अनुमोदन गरेर पार्टीलाई एकताबद्ध बनाउनेबारे अनौपचारिक छलफल चलिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?