छाब्दि खोलाको लागि बेलिब्रिज पुल खोल्ने काम सुरु

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका १ र १३ जोड्ने छाब्दी खोलामा राख्नको लागि भानु नगरपालिका वडा नं. ३ तुरतुरे र गोरखाको पालुङटार नगरपालिका जोड्ने मस्र्याङदी नदीको बेलिब्रिज फुकाल्न थालिएको छ ।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ किसानको पहलमा खोलेर उक्त पुल गत असार १६ गते राती आएको बाढीले छाब्दी खोलाको मोटरेवल पुल भत्काएपछि उक्त स्थानमा हाल्नको लागि खोल्न सुरु गरिएको छ । एक साता भित्रमा पुल खेलेर ल्याउने र ल्याएको २ दिनमा पुल फिट गरेर सन्चालनमा ल्याउने सकिने निर्माण कम्पनीका प्राविधिकले जानकारी दिएका छन् । शनिबारबाट अस्थायी कल्भर्ट राखिएको सवारीसाधन संचालनमा ल्याईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?