कम्र्फटेवल सरकार टिकाउन काल्पनिक समाचार प्रकाशन गरेर बदनाम गरिदैछः पूर्वमन्त्री प्रेम आले

  • ख-
  • ख+

रमेश पौडेल । काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष समुहका सांसदहरु प्रधानमन्त्री शेर बहादुर देउवासग मन्त्री पद माग्न गएकोमा आफ्नो तस्विर प्रकाशन गरेकोमा पूर्व वनमन्त्री प्रेम आलेले आपत्ति जनाउनुभएको छ । उहाँले ”आफु नेकपा एमालेमा रहेको र कुनै पनि लोभमा अर्को समुहमा नगएको र शेर बहादुर देउवासग मन्त्री पद माग्न जानु त नेकपा एमालेको सिपाहि भएको कारणले कल्पनाभन्दा बाहिरको कुरा भएको उहाँले बताउनुभएको छ” साथै वहाँले ”नेकपा एमालेलाई कसरी कमजोर बनाउन सकिन्छ भनेर आफ्नै पार्टीका केहि व्यक्ति, र देशी विदेशी शक्तिहरु लागेकोले अनेकौ हल्ला फिजाएको पनि बताउनुभएको छ ।” समाचारको प्रसंगमा प्रश्न राख्दा ” उहाँले पित पत्रकारिताको उत्कृष्ट नमुना देखाउदै केहि पत्रिपत्रिका तथा अनलाइनले उक्त समाचार प्रकाशन गरेकोमा उहाँले घोर आपत्ति जनाउनुदै राष्ट्रविरोधी शक्तिहरु आफ्नो कम्र्फटेवल सरकारलाई बलियो बनाउन खोजेको ” आरोप लगाउनुभएको छ ।


केपी ओली समुहका युवा नेता धुर्व अधिकारीका अनुसार ”परिवर्तनका लागि तयार भएर मन्त्री मागेको छ भनेर हल्ला फिजाउदै केहि मानिसहरु नेकपा एमालेका सच्चा कार्यकर्ताको चरित्र हत्या गर्न अग्रसर रहेको बताउनुभएको छ । नेकपा एमालेको माधब समुहका केहि सांसदले सर्मथन गरेपछि प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवालाई विश्वासको मत लागि केहि सांसदको साथ चाहिने भएकोले नियोजित रुपमा नेकपा एमालेका सांसदहरुलाई बदनाम गराउन यो हल्ला फिजाईएको” प्रेम आले निकट युवा नेता अधिकारीको दावि छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?