साथीहरूसँग मापसे गरी बसेका युवकको भिरबाट लडेर मृत्यु

  • ख-
  • ख+

पोखरामा गए राति एक युवकको भिरबाट लडेर मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १८ मेथलाङको डाँडाको भिरबाट लडेर गोरखा घर भई पोखरा ७ मासबार बस्दै आएका २७ वर्षीय संजोग थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार साथीहरूसँग मादक पदार्थ सेवन गरी बसेका थापा गए राती १ः४० बजे भिरबाट खसेका थिए ।

करिब ५० मिटर तल खसेर घाइते भएका थापालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिनुभयो ।

प्रहरीले थापाका साथीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?