चितवनमा ट्याङ्करको ठक्करबाट युवतीको मृत्यु

  • ख-
  • ख+

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. ८ को पर्सा चोकनजिक ट्याङ्करको ठक्करबाट शनिबार साँझ एक युवतीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा हेटौंडाबाट भरतपुरतर्फ आउँदै गरेको ना ८ ख ३०२४ को तेल ट्याङ्करले विपरीत दिशाबाट जाँदै गरेको ना ४४ प ५१२२ को मोटरसाइकललाई ठक्कर दिँदा खैरहनी वडा नंं १० कि २३ बर्षीया सिर्जना चौधरी गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा रत्ननगर नगरपालिका वडा नं. ३ का मोटरसाइकल चालक सुवास चौधरी सामान्य घाइते भएका छन् । ठक्कर दिने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?