तनहूँ । अन्तत नेपाल कम्युनिस्ट पार्टीका सांसद कृष्णकुमार श्रेष्ठ किसानले नेकपा एमालेका अध्यक्ष केपि ओलिको साथ छोड्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मतको लागि आव्हान गरेपश्चात सांसद श्रेष्ठ माधव नेपाल समुहमा लाग्नुभएको हो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर सर्वोच्च अदालतमा हस्ताक्षर बुझाउने सांसद संख्या २३ जना भएपनि पछिल्लो समय नेपाल समुहमा ३२ जना पुगेको र केहि सांसदले अझै पार्टी एकिकरणको सम्भावना रहेको भन्दै तठस्थ रहने निर्णय गरेपनि नेकपा एमालेका अधिकांश सांंसदले देउवाको अविश्वासको प्रस्तावको पक्षमा मत दिनुभएको छ । विश्वासको मतको पक्षमा १६५ र विपक्षमा जम्मा ८३ मत खसेको छ ।








